अध्यागमन अधिकृत खड्कासहित चारजना जेल चलान, छ जनालाई धरौटीमा छाड्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अध्यागमन अधिकृत खड्कासहित चारजना जेल चलान, छ जनालाई धरौटीमा छाड्न आदेश


२३ माघ २०८०, मंगलबार


ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ। भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौँले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए । 

कारागार चलान हुने अन्यमा मनोज तामाङ, अरुण दाहाल र सरोज कुमार थापा रहेका छन् । सो प्रकरणमा २२ जनाविरुद्ध मुद्दा चलाईएपनि १२ जना अझै फरार छन् । 

सम्बन्धित समाचार : ९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर

अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले दिनेश ज्ञवाली र राम प्रसाद भण्डारी जनही ७ लाख, गीता शाह पाँच लाख, विनोद कार्की दुई लाख, रवीन्द्र भनिने रबिन अर्याल र पदम लामालाई जनही एक लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता पन्थीले बताए । 

सम्बन्धित समाचार : अध्यागमन अधिकृतको सेटिङमा तीन सय जनालाई विदेश पठाउने दुई पक्राउ

सम्बन्धित समाचार : मानव तस्करीमान संलग्न थप दुई अधिकृत पक्राउ

सम्बन्धित समाचार : अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

सम्बन्धित समाचार : भिजिट भिसामा मानव तस्करी गर्ने ३२ जना पक्राउ, तीन अधिकृतबारे छानबिन गर्दै निगम

सम्बन्धित समाचार : अध्यागमनका ९ अधिकृत तानिए

Tags :
प्रतिक्रिया दिनुहोस