अध्यागमन अधिकृतको सेटिङमा तीन सय जनालाई विदेश पठाउने दुई पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अध्यागमन अधिकृतको सेटिङमा तीन सय जनालाई विदेश पठाउने दुई पक्राउ


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । अध्यागमन कार्यालयमा कार्यरत अधिकृतसँग सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाउने थप दुई व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौँ बौद्ध बस्दै आएका मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका ७ घर भई गोकर्णेश्वर बस्दै आएका पदम लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङ निमा छिरीङ ट्राभल्सका सञ्चालक हुन् भने लामा उक्त ट्राभल्सका कर्मचारी हुन् । लामा तामाङका साला हुन् ।

यसअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नर वीर खडकालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका सञ्चालक तामाङ र उक्त ट्राभल्समा काम गर्ने तामाङका सालो नाता पर्ने लामालाई प्रहरीले पक्राउ गरेको हो । 

लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाहीको लागि उनीहरूलाई प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेकाहरूलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलाहरूलाई घरेलु कामदारको रूपमा लगाइने र शोषण समेत हुने गरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस