Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अध्यागमनका ९ अधिकृत तानिए


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । पर्यटक प्रवेशाज्ञा(भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता गरिएका छन् ।

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो । मानव तस्करलाई सघाएको देखिन आएको भन्दै मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो।

गृह उच्च स्रोतका अनुसार अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दीपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुङ्गेल र यम बहादुर भट्टराई छन्।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको तथा म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गर्ने गरेको ती स्रोतले बताए । फिर्ता गर्ने निर्णयसँगै उनीहरूमाथि थप अनुसन्धानसमेत सुरु गरेको स्रोतको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत उनीहरूका गतिविधि निगरानीमा राख्दै आएको थियो ।

दुई साताअघि अध्यागमन विभागले मानव तस्करलाई सघाएको आशङ्कामा अध्यागमन अधिकृतहरू कुशल बराल, विनोद कुमार दत्त र विष्णु सहनीलाई फिर्ता बोलाउँदै गृह मन्त्रालय र अध्यागमन विभागले विमानस्थल अध्यागमन कार्यालयबाट हुने सेटिङको बारेमा छुट्टाछुट्टै छानबिन थालेको छ ।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मूलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस