बरहथवामा युवकमाथि गोली चलाउने वरिष्ठ हवल्दार यादव जिल्ला तानिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बरहथवामा युवकमाथि गोली चलाउने वरिष्ठ हवल्दार यादव जिल्ला तानिए


२२ पुस २०८०, आइतबार


BArhathawa-nagarpalika.

काठमाडौँ। सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रशासनलाई जानकारी  दिए । गत शुक्रबार बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो ।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ । मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ ।

सम्बन्धित समाचार : सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सम्बन्धित समाचार : बरहथवामा मारिएका साहका परिवारलाई दश लाख दिने निर्णय, गृहले बनायो छानबिन समिति

सम्बन्धित समाचार : सर्लाही गोली काण्ड-दोषीमाथि कडा कारबाही गर्ने सिडिओ धमलाको प्रतिबद्धता 

सम्बन्धित समाचार : आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु आदेश जारी 

सम्बन्धित समाचार : बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस