बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु


२० पुस २०८०, शुक्रबार


BArhathawa-nagarpalika.

सर्लाही । स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ । राजनीतिक दलहरूले प्रदर्शन गर्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो ।

बरहथवा नगर कार्यपालिकाको मङ्गलवार बसेको बैठकले प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्या अस्पताललाई मधेस प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सम्बन्धमा विवाद भएको हो । विवाद समाधानका लागि शुक्रवार सर्वदलीय बैठक डाकिएको थियो ।

बैठकबाट समस्या समाधान गर्ने प्रयास हुँदै गर्दा राजनीतिक दलहरू विरोध प्रदर्शनमा उत्रिएपछि आजको बैठक स्थगित गरिएको थियो । समस्या समाधानको पहल हुँदै गर्दा एकाएक विरोध प्रदर्शन भएको नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।

उनका अनुसार नेपाली काँग्रेस, जसपा, तमलोपा, जनमत पार्टी र वहुजन पार्टी प्रदर्शनमा उत्रिएका हुन् । उनले प्रदर्शनकारीले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै गाडीमा आगजनी समेत गरेको जानकारी दिइन् । आफू नगरपालिका कार्यालयमा रहेकोले घटनाबारे पूर्ण जानकारी नभएको बताइन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार प्रदर्शनका क्रममा एक जानको मृत्यु भएको छ । घटनामा बरहथवाका ६ बस्ने अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको जानकारीमा आएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस