आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु आदेश जारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु आदेश जारी 


२० पुस २०८०, शुक्रबार


BArhathawa-nagarpalika.

काठमाडौँ। सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।

बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यु लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी होम प्रसाद घिमिरेका अनुसार कर्फ्यु लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न पाउने छैनन् ।

सम्बन्धित समाचार : बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस