बरहथवामा मारिएका साहका परिवारलाई दश लाख दिने निर्णय, गृहले बनायो छानबिन समिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बरहथवामा मारिएका साहका परिवारलाई दश लाख दिने निर्णय, गृहले बनायो छानबिन समिति


२१ पुस २०८०, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।

शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-पाँच मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-छ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

मृतक परिवारलाई दश लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस