ललिता निवास प्रकरणमा सञ्चार सचिव राउतविरुद्ध मुद्दा नचलाइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ललिता निवास प्रकरणमा सञ्चार सचिव राउतविरुद्ध मुद्दा नचलाइने


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतविरुद्ध मुद्दा नचलाउन राय दिएको छ ।

ललिता निवास जग्गा घोटाला प्रकरणमा राउतलाई प्रतिवादी नबनाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको हो ।

जग्गा हिनामिना प्रकरणमा ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गरेको छ ।

‘सङ्गठित किर्ते’ गरेर बालुवाटारको जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लिलामणि पौड्याललाई पनि प्रतिवादी नबनाउन राय दिइएको छ । सीआईबीले सरकारी वकिलको कार्यालयलाई मङ्गलवार आफ्नो रायसहितको प्रतिवेदन बुझाएको हो ।

जग्गा प्रकरणमा यसअघि प्रहरीले राउतलाई पक्राउ गरेको थियो । तर, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा लड्न सक्नेगरी राउतको पक्षमा आदेश दिएको थियो ।

सम्बन्धित समाचार : कानुनको कसीमा सचिव राउत पक्राउ प्रकरण     

सम्बन्धित समाचार : सचिव राउत फर्किए नियमित कामकाजमा 

सम्बन्धित समाचार : सचिव राउतले कामकाज गर्न पाउने

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने  

सम्बन्धित समाचार : सचिव राउतका वकिलको दाबी-जग्गा नै व्यक्तिको बनाउने कुनै टिप्पणी लेखिएको छैन

सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस