मन्त्री बास्कोटाको नीच अभिव्यक्तिले कर्मचारीलाई आक्रोशित बनायो – निजामती कर्मचारी सङ्गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री बास्कोटाको नीच अभिव्यक्तिले कर्मचारीलाई आक्रोशित बनायो – निजामती कर्मचारी सङ्गठन


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले पनि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन अडियो संवादमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कर्मचारीलाई अश्लील शब्द प्रयोग गरेको विषयमा आपत्ति जनाउँदै सङ्गठनले कारबाहीको माग गरेको हो ।

‘गरिमामय पदमा बसेको व्यक्तिबाट दिइएको नीच अभिव्यक्तिले आम कर्मचारीको मान मर्दन गर्ने र मनोबल गिराउने मात्र होइन, थप आक्रोशित बनाएको छ’, ‘नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, तसर्थ जिम्मेवार पदमा रहेर यस प्रकारको अशोभनीय र निन्दनीय अभिव्यक्ति दिने मन्त्री गोकुल प्रसाद बास्कोटालाई तत्काल कानुनी दायरमामा ल्याई सत्य तथ्य छानबिन गरी दहै सम्मको कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछ ।

‘सङ्गठनले गोकुल बास्कोटाको गैर जिम्मेवार, स्वेच्छाचारी अभिव्यक्ति प्रति निन्दा गर्नका लागि सङ्गठन यति बेला निःशब्द बनाएको र समृद्ध नेपाल, सुखी नेपाली नीति विधि र सोही अनुसारको व्यवहारबाट मात्र सम्भव छ’,  देश र जनताको सेवाप्रति अहोरात्र खटिने कर्मचारीहरूप्रति दिइएको यस्ता अभिव्यक्तिले सहयात्रालाई बिथोल्न खोजेको जनाएको छ ।

सञ्चार मन्त्री बास्कोटाको भनाइ बाहिरिए लगत्तै नेपाल निजामती कर्मचारी युनियन(संघ) र नेपाल राष्ट्रिय कमचारी संगठनले यसअघि नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाई सकेका छन् ।

सम्बन्धित समाचार : सञ्चार मन्त्रीको भनाइप्रति कर्मचारी युनियनद्वारा खेद व्यक्त, कारबाही नभए बहिष्कार गर्ने

सम्बन्धित समाचार : बास्कोटाको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको पनि आपत्ति

कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै ‘दलाल’सँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै पदबाट राजिनामा दिई सकेका मन्त्री बास्कोटाले कर्मचारीको प्रसंगमा ‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरूले हेप्छन्‘ अडियो संवादमा मन्त्री बास्कोटाले कर्मचारीबारे एजेन्टसँग भनेका छन्, ‘यो मु‘ले बनाएको त ३५ अर्वको छ नि, यो ३५ अर्व नै नभएपछि, २७ अर्वको निस्केपछि २८ अर्व बनाउनोस् ।’ भनेका थिए ।

२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटाबिच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस