बास्कोटाको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको पनि आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बास्कोटाको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको पनि आपत्ति


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । कमिसन विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो संवादप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति जनाएको छ ।

कर्मचारीलाई अश्लील गाली गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै पदबाट नै राजीनामा दिएका मन्त्री बास्कोटाको उक्त अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीको मान मर्दन गरेको सङ्गठनको ठहर छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले यसअघि नै एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाई सकेको छ ।

सम्बन्धित समाचार : सञ्चार मन्त्रीको भनाइप्रति कर्मचारी युनियनद्वारा खेद व्यक्त, कारबाही नभए बहिष्कार गर्ने

नेकपाले आफ्ना नेता कार्यकर्ताको लागि आफ्ना सन्ततिलाई तँ समेत भन्न नपाइने तथा सबैलाई सम्मानजनक व्यवहार गर्नु पर्ने भनी सार्वजनिक गरेको आचार संहिताको खिल्ली उडाएको छ सङ्गठनका महासचिव प्रभास प्रसाद शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ अर्कोतर्फ आम राष्ट्रसेवक कर्मचारीलाई मान मर्दन गरिएको छ ।

अडियोमा सम्प्रेषित सन्देशले राज्य स्रोतमा भइरहेको दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसन तन्त्र र बेथितिलाई लज्जास्पद ढङ्गले उजागर गरेको सङ्गठनको ठहर छ । जनप्रतिनिधिको उत्तरदायित्व र जिम्मेवारी पनामा प्रश्न उठाएको जनाउँदै कानुनी राज्यको उपहास गरेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्गठनले अश्लील अभिव्यक्ति दिने र कमिसनमा लिप्त मन्त्रीलाई तत्काल सार्वजनिक जिम्मेवारीबाट पदमुक्त गरी कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस