सञ्चार मन्त्रीको भनाइप्रति कर्मचारी युनियनद्वारा खेद व्यक्त, कारबाही नभए बहिष्कार गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सञ्चार मन्त्रीको भनाइप्रति कर्मचारी युनियनद्वारा खेद व्यक्त, कारबाही नभए बहिष्कार गर्ने


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सेक्युरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आपत्ति जनाएको छ ।

कर्मचारीलाई अश्लील गाली गर्दै ‘दलाल’सँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका मन्त्री बास्कोटाको उक्त अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुखी बनाएको युनियनको भनाई छ ।

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो’ युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’

अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्ने समेत चेतावनी नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) केन्द्रीय कार्यसमितिले दिएको छ । ‘अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्नैपनेृ दिन देख्न नपरोस्’ विज्ञप्तिमा उल्लेख छ

Tags :
प्रतिक्रिया दिनुहोस