समायोजन लत्याउँदै अमेरिकातिर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समायोजन लत्याउँदै अमेरिकातिर


१७ कार्तिक २०७६, आइतबार


काठमाडौँ । नेपालीमा एउटा उखान छ : ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ । यही उखानलाई चरितार्थ गरेको छ स्वास्थ्य मन्त्रालयले ।

हजारौँ स्वास्थ्यकर्मीहरु समायोजनको चिठिसमेत पाउन नसकेर महिनौँदेखि मन्त्रालय धाईरहँदा ‘गुनासो व्यवस्थापन एवं सहजीकरण समिति’का संयोजक महेन्द्र प्रसाद श्रेष्ठ र प्रशासन महाशाखा प्रमुख शिवराम न्यौपाने हप्तौँ लामो वैदेशिक भ्रमणका लागि अमेरिका पुगेका छन् ।

उनीहरु वल्ड बैंकको आयोजनामा २८ अक्टोबर(११ कार्तिक) देखि ८ नोभेम्बर(२२ कार्तिक)सम्म अमेरिकाको वासिंगटन डिसिमा हुने ‘ग्लोवल फ्यागसिप कोर्ष, हेल्थ सिष्टम कोर्ष एण्ड हेल्थ फिनानसिङ’ कार्यक्रमका लागि अमेरिका उडेका हुन् । भ्रमण टोलीमा मन्त्रालयकै नीति तथा योजना शाखाका उपसचिव लिलाराज पौडेल र राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेल सहभागी छन् ।

समायोजन तथा गुनासो सम्बोधन भए/नभएको बारे जानकारी लिन र चिठिको फोटोकपी गर्न मात्रै काठमाडौँ(मन्त्रालय)मै पुग्नुपर्ने अवस्था सिर्जना गरेको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई चरम दुःख दिइरहेको र सेटिङमा काम गरिरहेको सार्वजनिक भईरहँदा पनि सरकारले देखे नदेखेजस्तो गरेपछि स्वास्थ्कर्मीहरुमा चरम निरासा छाएको छ ।

मन्त्रालयमै हुँदा पनि प्रायः कार्यकक्षमा नभेटिने र समायोजन तथा गुनासो टुंङ्याउने भन्दा आफ्ना आफन्तहरुको व्यवस्थापनमै समय बिताउने सहसचिवद्वय वैदेशिक भ्रमणमा अमेरिका नै हिँडेपछि समायोजन तथा गुनासो व्यवस्थापनको काम ठप्प छ ।

सम्बन्धित समाचार : स्वास्थ्यकर्मीको समायोजनमा पैशाको चलखेल !

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयमा कर्मचारीको ‘बिस्कुन’ ! (फोटोफिचर)

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्

सम्बन्धित समाचार : मागेको ठाउँमा समायोजन गर्नु नै अबको समाधान हो -स्वास्थ्यमन्त्री यादव

सम्बन्धित समाचार : अधिकार बाहिरको निर्णय गरेको भेटिए समायोजन नै बदर !

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयका कारण सरकार बदनाम !

सम्बन्धित समाचार : कसले बुझ्ने स्वास्थ्यकर्मीका पीडा ? सेवा गर्नुपर्ने हात मन्त्रालयमा सुर्ती मोल्दै ! (फोटो फिचर)

सम्बन्धित समाचार : स्वास्थ्यकर्मी समायोजन सकस : दोष कसको ?

कर्मचारीको हेलचेक्र्याइ र समयमै काम नगरिदिँदा दिनहुँ मन्त्रालयमा स्वास्थ्यकर्मीहरुको भिंड बढी रहँदा त्यसलाई वेवास्था गर्दै जिम्मेवार पदाधिकारी नै विदेश भ्रमणमा लाग्नुले पराकाष्ठाको पनि सिमा नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस