कसले बुझ्ने स्वास्थ्यकर्मीका पीडा ? सेवा गर्नुपर्ने हात मन्त्रालयमा सुर्ती मोल्दै ! (फोटो फिचर) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कसले बुझ्ने स्वास्थ्यकर्मीका पीडा ? सेवा गर्नुपर्ने हात मन्त्रालयमा सुर्ती मोल्दै ! (फोटो फिचर)


२८ आश्विन २०७६, मंगलबार


काठमाडौँ । स्वास्थ्यकर्मीको काम हो बिरामीलाई सेवा गर्ने तर यति बेला भने घाममा बसेर सुर्ती मोल्दै दिन कटाई रहेका छन् भने कतिपय बच्चालाई खेलाउँदै बसेका छन् । यो उनीहरूको रहर भने होइन, समयमै र सहजरुपमा मन्त्रालयले काम गर्न नसक्दाको परिणाम हो ।

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्

सयौँ स्वास्थ्यकर्मीहरु हप्तौँदेखि काठमाडौँस्थित स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा जम्मा हुने र घर जाने गरेका छन् । समायोजन सच्याउनु पर्नेदेखि समायोजन भएको पत्रको फोटोकपी लिनका लागि देशका विभिन्न स्थानबाट उपस्थित स्वास्थ्यकर्मिहरु दिनभरि यसरी नै घाम ताप्दै बसेका देखिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस