शहरीया जीबनका समस्या र मुक्ती पाउने सरल उपाय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शहरीया जीबनका समस्या र मुक्ती पाउने सरल उपाय


१६ असार २०७४, शुक्रबार


शहरीया जीवनका प्रमुख पाँच समस्या

मलाई त लाग्छ हामी रोगहरु निम्ताउनको निम्ति नै शहर बस्ने वा पस्ने गर्दछौं । यहाँ नचाहदा नचाहदै पनि रोग अनि शोक थपिन्छ । यहाँ समस्या नै समस्याहरु छन् ।

♦ सबै भन्दा ठुलो समस्या त शहरको भागदौडमा आफ्नो निम्ति समय नै नहुने ।
♦ दोस्रो नम्वरः स्वस्थ बाँच्न खोज्दा पनि स्वस्थ बाँच्न नसकिने । यो प्रदुषण तपाइले कम गर्न सक्नु हुन्न । यो बिकिरण तपाइले कम गर्न सक्नु हुन्न । स्वस्थ बन्न व्यायाम गर्दा समेत उल्टै रोग लाग्छ ।
♦ तेस्रोः भिटामिन डीको कमी एकदमै व्याप्त छ ।
♦ चौथोः सरुवा रोगहरुको एकदम बढी बिगविगि । किनकी सर्न सजिलो भयो । भिड तथा डेन्सिटी हाइ भयो । स्वच्छ वातावरण छैन, फोहोर त्यस्तै छ । त्यसैले सरुवा रोगको बिगविगी छ ।
♦ पाँचौः नसर्ने रोगको बिगविगी पनि छ । खानपिनमा ध्यान दिनु छैन, व्यायाममा ध्यान दिनु छैन । न त स्वच्छ वातावरण छ । मानसिक तनाव त्यस्तै छ । स्वस्थ खाना खोज्दा सागपात तरकारी समेत स्वस्थ छैन । त्यसैले नसर्ने रोगको बिगविगि पनि उस्तै छ ।

समाधानका पाँच उपाय

अवलोकन गर्दै जादाखेरी मैले एउटा मात्र समाधान पाए । गाउँ वा पहाडको एउटा कान्लोमा सानो जग्गा किन्ने, त्यहाँ घाम ताप्ने, आफै खेती गर्ने, आफैले खाने । यो भन्दा स्वस्थ रहने दोस्रो उपाय अब मान्छेसँग रहन्छ जस्तो देखिएन । मान्छे यहाँ पैसाको पछि अथवा कामको पछि भागेको भाग्यै छ । टेन्सन माथी टेन्सन छ । न व्यायाम गर्ने समय छ, यो प्रदुषणमा जति व्यायाम गर्यो त्यति रोगी भइन्छ । म स्वस्थ रहन्छु भन्दाखेरी न स्वस्थ खान पाइन्छ, न स्वस्थ हावा पाइन्छ, न स्वस्थ पानी पाइन्छ, किन बस्ने यहाँ ? अल्टिमेट्लि मान्छे डाँडातिर गएर घाम तापेर मस्त भएर खानेदिन त्यति टाढा छैन जस्तो मलाई लाग्छ ।

समाधान

♦ शहरको भागदौडमा आफ्नो निम्ति समय सधैं निकाल्नुस् । हरेक दिन थोरै समय भए पनि निकाल्नुस् । बाहिर घुम्न, आरामले सुत्न तथा परिवारको निम्ति हप्ताको एक दिन निकाल्नुस् ।
♦ दोस्रो नम्वरः विहान घर भित्रै मात्र तथा बेलुकि बाहिर कम प्रदुषित ठाँउमा मात्र व्यायाम गरौं ।
♦ तेस्रोः भिटामिन डीकोलागी कमसेकम हप्ताको एक पटक एक घण्टा कपडा खोलेर घाम तापौं ।
♦ चौथोः स्वच्छ तथा कम प्रदुषण भएको ठाँउमा घर बनाउनुस् वा बस्नुस् तथा काम गर्नुस् । रुख आदि रोप्नुस् । आफुं वरपर सरसफाई राख्नुस् ।
♦ पाँचौः नसर्ने रोगबाट बच्न खानपिन, व्यायाम, तनाव व्यवस्थापन, विश्राम, स्वास्थ्य जाँच, पर्यावरण, स्वच्छता आदिमा एकदमै धेरै ध्यान दिऔं ।

 

डा. सुनिल पौडेललाई तपाईले [email protected] मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्नहरु राख्न सक्नुहुन्छ ।

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?

बुढेसकाल लागेका महिलामा हुने ढाड दुखाइ र बच्ने सरल उपाय

 हरेक ५ जनामध्ये ४ जनामा भिटामिन डी को कमी !

तपाइको शरीरमा ढाड छ भन्ने थाहा पाउनु नै रोगको लक्षण हो भन्ने बुझ्नुहोस्

तरीका नमिलाई सुत्दा नशा च्यापिन सक्छ, ढाड जोगाउनु छ भने यसरी सुत्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस