Logo २३ कार्तिक २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफ्नो शरीर आफैले जाँच्नुहोस्


प्रशासन विशेष ब्युरो

१७ फाल्गुन २०७३, मंगलबार


छाला र नङको गुलावीपन हराउनुले एनेमिया वा रक्तअल्पता भएको जनाउँछ ।

नङको जरामा कुनै कोठी छ या खैरो/कालो धर्काहरु छन् भने छालाको क्यान्सर हुने सम्भावना रहने देखिएको छ ।

नङमा लामो लामो धर्काहरु (विभिन्न रंगका) भएमा एक पटक मृगौला, पिसाबको जाँच गर्नु उत्तम देखिन्छ ।

काखी, गर्धन, घाँटी, काँधमा अली खस्रो र छाला भन्दा अलि गाढा रङको धब्बा देखेमा तुरून्त सुगर जाँच गराइहाल्नुहोस् ।

आँखाका परेला, घुँडा, कुहिनाका छालामा स–साना छाला भन्दा अलि हल्का रङका पोका वा सानो सुन्निएका जस्ता दाग वा डाबर वा चिप्लो जस्तो देखिने र डाबरहरु देख्नुभयो भने तुरून्त लिपिड प्रोफाइल तथा मुटुको र रक्तचापको जाँच गराइहाल्नुहोस् । प्रायजसो कोलेस्ट्रोल वा टि.जी. बढ्दा यस्तो हुनसक्छ ।

अनावश्यक तौल बढिरहेको छ, आलस्य लाग्दछ साथै कपाल र साइडका आँखी भौं झर्ने प्रक्रिया बढ्दै छ भने थाइराइड चेक गर्नु उत्तम हुन्छ ।

आँखा वा छालामा पहेंलोपन बढ्दै गएमा तुरून्त लिभरको जाँच गराइहाल्नुपर्दछ ।

पिसाबको रंगमा परिवर्तन (फिंज भएको, रातो वा खैरो आदि) भएको भए मृगौला, कलेजो आदिको रोग हुनसक्दछ, तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।

अत्याधिक थकान, अल्छिपन छ भने भिटामिन डि तथा थाइराइड मा गडबडी हुनसक्ने हुनाले यिनको जाँच गर्नु पर्दछ ।

हात वा खुट्टाको बुढीऔंला दुखेमा, सुन्निएमा वा टन्किने गरि दुखेमा युरिक एसिड बढेको हुन सक्छ ।

गर्धन र हात वा कम्मर र खुट्टा दुखेमा, झन्झनाउने वा पोल्ने भएमा नशा च्यापिएको हुन सक्दछ ।

 

र यी पनि,

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

Tags :
प्रतिक्रिया दिनुहोस