२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन गतिविधिमा राष्ट्रिय झण्डाको मर्यादा उल्लंघन भए कानुनी कारवाही हुने

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनका क्रममा हुने प्रचारप्रसार गतिविधिमा राष्ट्रिय झण्डाको अनुचित प्रयोग गरिएको पाइएमा कानुनबमोजिम कारवाही गरिने स्पष्ट गरेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता, २०८२ का व्यवस्था पालना गर्न सबै सरोकारवाला पक्षलाई सचेत गराएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आचारसंहिताको परिच्छेद ४ अन्तर्गत दफा १३ को खण्ड (न) ले तोकेको प्रावधान विपरीत राष्ट्रिय झण्डाको प्रयोग भएमा कारबाही हुने जनाइएको छ । उक्त व्यवस्थाअनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम वा कुनै पनि प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने भए पनि सो बाहेक अन्य प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न निषेध गरिएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको स्मरण गराएको छ । उक्त कार्यविधिमा झण्डाको आकार, प्रयोग विधि, फहराउने प्रक्रिया तथा प्रयोग गर्न नपाइने अवस्थाबारे स्पष्ट प्रावधानहरू समेटिएका छन् । साथै, प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र कार्यविधिअनुसार राष्ट्रिय झण्डाको प्रयोग भए नभएको नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने व्यवस्था छ । झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, कुनै वस्तु बेर्ने, व्यापारिक विज्ञापनमा प्रयोग गर्ने, शरीरको छातीभन्दा तलको भागमा झण्डाको प्रतीक राख्ने वा चन्द्रमा तल पर्ने गरी प्रयोग गर्ने जस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

यसका अतिरिक्त, मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ ले राष्ट्रिय झण्डाको अपमान हुने वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचार विपरीत प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सो प्रावधानको उल्लंघन भएमा कानुन अनुसार सजाय हुने व्यवस्था समेत रहेको गृह मन्त्रालयले जनाएको छ ।