२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीको निर्वाचन गतिविधिमा संलग्नताबारे निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिताको पालना सम्बन्धमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट भएको मनोनयन दर्ता प्रक्रियामा मुख्यमन्त्री कार्कीको उपस्थिति रहेको भन्ने समाचार सार्वजनिक भएपछि यस विषयमा छानबिन प्रक्रिया अघि बढाइएको हो। सोही आधारमा आयोगले मुख्यमन्त्री कार्कीलाई पत्राचार गर्दै स्पष्टीकरण माग गरेको जनाएको छ।

निर्वाचन आयोगले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित विवरणलाई आधार मानी निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) स्मरण गराउँदै प्रदेश सरकारका बहालवाला मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार, उम्मेदवारी मनोनयन तथा यस्तै गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था रहेको उल्लेख गरेको छ।

आयोगको पत्रमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका प्रमुखको सहभागिता आचारसंहिताविपरीत देखिन सक्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्की स्वयं उक्त कार्यक्रममा सहभागी भएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ।

आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मुख्यमन्त्री कार्कीले आफैँ वा आधिकारिक प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। कानुन अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित उक्त पत्र २०८२ माघ ७ गते जारी गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले यसअघि पनि निर्वाचन अवधिमा सार्वजनिक पदमा रहेका पदाधिकारीहरूलाई आचारसंहिता पालना गर्न पटक–पटक सचेत गराउँदै आएको छ।