२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही रु. एक लाख र टोलीका अन्य सदस्यलाई रु. ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।  

आज कामपाका प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी, बैठकमा नि:शुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयलाई निकासा दिने, विद्यालय र हाताको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठ्यक्रम स्वीकृत तथा पाठ्यपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म ‘भेरिएसन’ भएका विभिन्न पूर्वाधार योजनाको अनुमोदन गर्नेलगायत निर्णय भएका छन् । 

कामपाले नगरसभाको १८औँ अधिवेशन पुस ११ गतेका लागि आह्वानसमेत गरेको छ । आजकै बैठकले ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तोकेको हो ।

बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानवअधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा दुईवटा विषयमाथि छलफल र निर्णय भएको छ ।

पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि, २०८२, बाल कोष परिचालन मापदण्ड, २०८२ स्वीकृत गरिएको छ । रचनात्मक सहर सञ्जाल कार्यविधि संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन, २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । बैठकमा महानगर प्रहरी ऐन संशोधन, महानगरवासीलाई नि:शुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा छलफल भएको जनाइएको छ ।