२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकीर : ‘अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘२३ र २४ गतेको दिन जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मानिसहरू एकल आह्वानमा सडकमा आइसकेका छन्,’ पोखरेलले भने, ‘यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो । यो त आतंकद्वारा गरिएको परिवर्तन हो । हिंसाद्वारा गरिएको परिवर्तन हो ।’

साथै, उनले राज्यविहीनताको जगमा भएको परिवर्तनका रूपमा यसलाई लिनुपर्ने बताए ।

‘त्यसअर्थमा यो जनताको परिवर्तन होइन । जनताको आन्दोलन होइन । षड्यन्त्रको जगमा मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने खालको काम भएको छ,’ पोखरेलले भने, ‘अब हामी मिलेर फेरि मुलुकलाई लोकतन्त्रको दिशामा लिएर जानुपर्नेछ ।’

उनले मुलुकलाई लोकतन्त्रको दिशामा अघि बढाउन सबै राजनीतिहरूलाई आह्वान पनि गरे ।

‘हामी त्यो बाटोमा अगाडि बढ्नका लागि नेपालका सबै राजनीतिक दलहरूलाई फेरि आह्वान गर्दछौँ,’ पोखरेलले भने ।