१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङको महावाणिज्यदूतमा लेखक

अ+ अ-

काठमाडौँ । सरकारले हङकङस्थित महावाणिज्यदूतमा डा. बिन्देश्वर लेखकलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव लेखकलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिए।

पोस्टिङका लागि केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएका उनी अब हङकङमा कूटनीतिक जिम्मेवारी सम्हाल्नेछन्।

वित्त, भन्सार व्यवस्थापन, राजस्व वितरण, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध तथा संघीय संरचनामा आर्थिक समन्वयलगायतका क्षेत्रमा काम गरिसकेका लेखकले अर्थशास्त्रमा विद्यावारिधि गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

उनले यसअघि सहसचिव रहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा उपसचिव र भन्सार विभागअन्तर्गत कृष्णनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा काम गरेका थिए ।

विश्व बैंकमा समेत विशेष जिम्मेवारी सम्हालेका डा. लेखकले दक्षिण एसियाली परियोजनाहरूको अनुगमन तथा समन्वयमा संलग्न रहँदै नीति निर्माण प्रक्रियामा संलग्न थिए ।

हङकङस्थित महावाणिज्यदूतको जिम्मेवारी नेपालको व्यापार, लगानी, राजनैतिक तथा सांस्कृतिक कूटनीति प्रवर्द्धन गर्नेतर्फ कति केन्द्रित हुन सक्नेछ, त्यसका लागि भने केही समय कुर्नै पर्ने छ ।

प्रतिक्रिया दिनुहोस