२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा सामुदायिक वनबाट छ थान अवैध भरुवा बन्दुक बरामद

अ+ अ-

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष ‘स्विप अपरेसन’ सञ्चालनका क्रममा छ थान बेवारिसे अवैध भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार अवैध हातहतियार नियन्त्रण, वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार रोकथाम र जिल्लाको समग्र शान्ति-सुरक्षा सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत पैयुँ गाउँपालिका-६ स्थित बाहुन डाँडा सामुदायिक वन क्षेत्रमा लुकाई छिपाइ राखिएका भरुवा बन्दुक फेला पारिएको हो।

मंगलबार बरामद गरिएका ती बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा इलाका प्रहरी कार्यालय हुवासमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका २९ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। यस्ता अवैध हातहतियारको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

0 Comments