२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाहेरी नपरेपछि यातायात कार्यालय बाराका प्रमुख चिन्तन आचार्यलाई जिम्मा जमानीमा छाडियो

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था कार्यालय बारा, कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यविरुद्ध हालसम्म कुनै जाहेरी दर्ता नभएपछि प्रहरीले उनलाई खोजी गरेको अवस्थामा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सामाजिक सञ्जालमा कार्यालय प्रमुख आचार्यले सेवाग्राहीमाथि दुर्व्यवहार गरेको दाबी गर्दै सार्वजनिक भएको भिडियोबारे अनुसन्धानका लागि उनलाई असार २२ गते कार्यालयमा ल्याई सोधपुछ गरिएको थियो।

प्रहरीले घटनामा दुर्व्यवहार भएको भनिएका व्यक्ति कलैया उपमहानगरपालिका-२३ निवासी अरुण कुश्वाहालाई समेत बोलाई जाहेरी दर्ता गर्न जानकारी गराएको जनाएको छ। तर, तोकिएको समयमा जाहेरी दरखास्त प्राप्त नभएपछि आचार्यलाई आवश्यक परेको बेला उपस्थित हुने गरी जिम्मेवार व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म चिन्तन आचार्यविरुद्ध घटनासम्बन्धी कुनै उजुरी प्राप्त भएको छैन। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो तथा घटनासम्बन्धी विषयमा आवश्यक अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

0 Comments