कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् ।

आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ ।

छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पुगेका र योग्यता पुगेका ६ सय ९९ जना छनौट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्वीकृत आवेदकलाई पनि १५ दिनभित्र उजुरी वा गुनासो दर्ता गर्न समय दिएको छ ।

सम्बन्धित समाचार : कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक (नामावलीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस