राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरवार गेटमा टाँसियो पर्चा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरवार गेटमा टाँसियो पर्चा


७ असार २०७८, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई सिंहदरवारमा निषेध गरिएको भन्दै दक्षिण गेटमा पर्चा टाँसिएको छ ।

महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरवार दक्षिण गेट नजिकैको भित्तामा पर्चा टाँस गरिएको हो ।

‘नयाँ पार्टी, नेपालले दिएको समय सीमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरवार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरि नै प्रवेश निषेध गरिनेछ ।– नयाँ पार्टी, नेपाल’ पर्चामा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस