काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि कर्मचारीहरूको सरुवा, काज सरुवा र रमाना नगर्न भनेको छ ।
यही असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनका लागि आचार संहिता लागू गर्दै निर्वाचन अधिकृतको कार्यालयले सबै मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्दै असोज १ गतेदेखि मतदाता हुने कर्मचारीको सरुवा नगर्न र भई सकेको भए रमाना नदिन भनेको हो ।