२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रको अनुभवलाई नीतिगत सुधारमा रूपान्तरण गर्ने दाबी गर्दै निराजन चलाउनेको उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा युवा व्यवसायी निराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले वस्तुगत तर्फबाट उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी घोषणा गर्दै चलाउनेले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारी संयन्त्रभित्र बसेर काम गरेको अनुभवलाई अब समाधानमुखी रूपान्तरणमा लग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारी संयन्त्रमा बसेर समस्याको पहिचान गरेको छु, अब समाधान गर्नुछ,” उनले भने।

उनी भन्छन्, “नेपालको व्यावसायिक एवं औद्योगिक परिवेश आज एउटा ऐतिहासिक मोडमा उभिएको छ। लामो समयदेखिको नीतिगत अकार्यकुशलता र संरचनात्मक जटिलताले हाम्रा उद्यमीहरूको वास्तविक सामर्थ्यलाई खुम्च्याएको छ-विशेषगरी वस्तुगत (कमोडिटिज) क्षेत्रमा।”

चलाउनेका अनुसार आफ्नो मुख्य लक्ष्य नेपाली वस्तु बजारलाई परम्परागत ढर्राबाट बाहिर निकालेर आधुनिक, पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी प्रणालीमा रूपान्तरण गर्नु हो। “मेरो संकल्प स्पष्ट छ: नेपाली वस्तु बजारलाई परम्परागत ढर्राबाट मुक्त गरी एक आधुनिक, पारदर्शी, प्रविधिमैत्री र विश्वस्तरमा प्रतिस्पर्धी प्रणालीका रूपमा स्थापित गर्ने। म केवल सुधार मात्र होइन, रूपान्तरणको मार्गचित्र सहित आएको छु,” उनले भने।

एक दशकभन्दा लामो समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा सक्रिय चलाउनेले खाद्यान्न, दलहन र तेलहन व्यवसायका साथै होटेल, पर्यटन, कृषि तथा जडीबुटीजन्य क्षेत्रमा लगानी विस्तार गरेका छन्। उनी हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति (टीईपीसी) का बोर्ड अफ डाइरेक्टरका रूपमा दोस्रो कार्यकालमा कार्यरत छन्। महासंघका विभिन्न विषयगत समिति तथा सामाजिक संघसंस्थामा समेत उनको सक्रिय सहभागिता रहेको छ।

को हुन् चलाउने ?
पुर्ख्यौली थलो अछाम भए पनि बर्दियाको गेरुवा गाउँपालिकामा २०४२ साल पुस १४ गते जन्मिएका चलाउनेले बाल्यकालदेखि नै व्यावसायिक परिवेशमा हुर्किएका हुन्। उनका पिता मानबहादुर चलाउनेले गाउँमै सञ्चालन गरेको सानो व्यवसायबाट उनले उद्यमशीलताको प्रारम्भिक अनुभव हासिल गरेका थिए।

एसएलसीपछि काठमाडौँ आएर अध्ययनसँगै पारिवारिक व्यवसायमा संलग्न हुँदै आएका चलाउनेले प्रारम्भदेखि नै उद्यमशीलता रोजेका हुन्। “ठूलो नभए पनि सानोतिनो व्यवसायमा घरपरिवार आबद्ध भएका कारण ममा पनि उद्यमशीलता र व्यावसायिक चरित्र विकसित भयो, त्यसैले कहिल्यै जागिर वा विदेश पलायनको रहर जागेन,” उनले भने।

सुदूरपश्चिमको अछामदेखि बर्दिया हुँदै काठमाडौँमा स्थापित भएका चलाउनेले आफूलाई ग्रामीण यथार्थसँग नजिकबाट परिचित युवा उद्यमीका रूपमा प्रस्तुत गर्छन्। उनी विगत दुई दशकदेखि ‘नमस्ते ग्रुप’ अन्तर्गत कृषि, खाद्यान्न प्रशोधन र हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्। नमस्ते एग्रो तथा नमस्ते आयल एन्ड रिफाइनरीमार्फत नेपाली कृषि उपजको आधुनिक प्रशोधन र बजार विस्तारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

यसका साथै रोटरी क्लब, व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति (टीईपीसी) तथा नेपाल यार्सागुम्बा एसोसिएसनलगायत संस्थामा रहेर उनले संस्थागत नेतृत्व अनुभव समेत बटुलेका छन्।

महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उम्मेदवार बनेका चलाउनेले पदभन्दा बढी परिणाममुखी काममा केन्द्रित हुने र साना तथा मझौला व्यवसायीको हकहितको “सुरक्षा कवच” बनेर काम गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएका छन्।