२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरीबारे सर्वोच्चको आदेशप्रति राजेन्द्र महतोले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालका संरक्षक रेशम चौधरीबारे भएको फैसलाप्रति आशंका व्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजनैतिक मुद्दाको आडमा लोकतन्त्रको आत्मामाथि प्रहार भएको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको अदालतमा जान खोज्ने एक नेताको बाटो रोक्नु न्याय होइन, अन्यायको संस्थागत रूप हो। प्रश्न सीधा छ-थारुकै छोरा भएकै कारण अन्याय, विभेद र षड्यन्त्र सहिरहनुपर्ने यो बाध्यता कहिलेसम्म ? विश्व इतिहास साक्षी छ-अमेरिकाजस्तो मुलुकमा डोनाल्ड ट्रम्पमाथि सयौँ मुद्दा चलाइए, तर चुनाव लड्न रोकिएनन् । हाम्रै देशमा पनि कैयौँ नेतामाथि मुद्दा चलेका छन्, कतिपय दोषी ठहर भइसकेका छन्, तर उनीहरूलाई राजनीति गर्न कुनै रोक छैन । तर उत्पीडित समुदायका आन्दोलनकारी नेता मात्र किन निशानामा ?’

थरुहट र मधेश आन्दोलनको सत्य छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन बर्षैँ बितिसक्दा पनि लुकाइएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको निम्ति ब्यालेटको माध्यमबाट प्रतिरोध गरौँ, मतको बलले अन्यायलाई चुनौती दिऔँ, किनभने प्रश्न एक जना रेशम चौधरीको मात्रै होइन, मधेश-थरुहट आन्दोलनलाई अपराधीकरण गर्ने निर्णयसँग छ।’

रामुपा, नाउपा नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जाँतो चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन्।