२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावना विपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै  सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले सरकारले तयार गरेको उक्त मस्यौदाले व्यक्तिको गोपनीयतासम्बन्धी हक खण्डित हुने धारणा व्यक्त गरेका छन् ।  

उनीहरूले गुप्तचर विभागमा व्यक्तिको स्वतन्त्रतामा खलल पुग्ने गरी निजी जीवनसँग सम्बन्धित पक्षहरू ‘रेकर्ड’ तथा अभिलेखीकरण गर्नु संविधान विपरीत हुने भएका संविधानसम्मत विधेयक ल्याउन सरकारसँग अनुरोध गरे । 

नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, सहज कुराकानी, संवाद, भिडियो आदिलाई रेकर्ड गर्ने गरी संविधान प्रदत्त नागरिकको हक विपरीत विधेयक ल्याउन नहुने धारणा उनीहरूले व्यक्त गरे । 

यसैगरी सांसद दिलेन्द्रप्रसाद बडूले कैलालीको धनगढीस्थित कारागारमा दुई पक्षका कैदीबीच भएको हिंसात्मक झडपको घटना अन्य कारागारमा दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए । 

“जम्मा १५० जना क्षमताको कैलाली कारागारमा ७०० जना किन र कसरी थुप्रिन पुगे रु यस अवस्थामा सुधारका लागि सरकारको के तयारी छ, संसद्लाई जानकारी चाहिन्छ”, उनले  भने ।

सांसद पुष्पबहादुर साहले कैलाली कारागारमा भएको जस्तै हिंसात्मक घटना दोहोरिन नदिन आग्रह गर्दै भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकारीको बाढी पहिरामा परी ज्यान गुमाउने नेपालीका परिवारलाई राहत उपलब्ध गराउन माग गरे । 

यसैगरी सांसद ठाकुरप्रसाद गैरेले ‘हमास’द्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको उद्धारका पक्षमा भइरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन अनुरोध  गरे ।  

सांसद देवप्रसाद तिमलसेनाले किसानलाई मलखादको व्यवस्था, सुक्खा क्षेत्र घोषणा गरिएका क्षेत्रहरूमा राहतको प्रबन्ध र खानेपानीका लागि बजेटको व्यवस्था गर्न माग गरे । 

सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा आधुनिक सहर बनाउने गुरुयोजनाको कामले गति लिन नसकेको भन्दै आवश्यक समन्वयसहित सहजीकरणको लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद प्रकाश ज्वालाले बँदेल र बाँदरका कारण किसान प्रताडित भएको उल्लेख गर्दै किसानको मनोबल बढाउने गरी राहत सुविधाको व्यवस्था गर्न माग गरे ।

सांसद प्रभु हजाराले पर्सा जिल्लाको गण्डक नहरस्थित पुल भाँचिएपछि स्थानीय जनता मर्कामा परेको उल्लेख गर्दै सो स्थानमा यथाशीघ्र यथाशीघ्र ‘बेलिब्रिज’ निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा राईले सरकारले बिचौलियाको स्वार्थ अनुकूल नीतिगत निर्णय गर्न र ऐनहरू बनाउन खोजेको आरोप लगाइन् । सांसद निर्मला कोइरालाले अनावश्यक वादविवादमा नगरी हातेमालो गरेर देश र जनताका पक्षमा काम गर्न पार्टी नेताहरूसँग आग्रह गरिन् ।

शून्य समयमा भाग लिनुहुने सांसदहरू पूर्णबहादुर घर्ती मगर, प्रेम सुवाल, दीपा शर्मा र धनबहादुर बुढाले आआफ्ना निर्वाचन क्षेत्रका मागसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।