२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद गंगालाल हृदय केन्द्रका कार्डियाक सर्जन डा. रामेश कोइरालाले अमेरिकाबाटै दिए राजीनामा

अ+ अ-

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार बिहान अमेरिकामा रहँदै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन्।

डा. कोइरालाले २८ साउन २०८२ मा कार्यकारी निर्देशकलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा उल्लेख गरेअनुसार, उनी हाल व्यक्तिगत कारणले विभागीय प्रमुख र वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका पदमा निरन्तरता दिन असमर्थ छन्। हाल विदेशमा रहेकाले विद्युतीय इमेल वा हस्ताक्षर प्रमाणिकरण गर्न असमर्थ रहेको र १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन नसक्ने भएकाले ३० असोज २०८२ देखि लागू हुने गरी आफ्नो राजीनामा स्वीकृत गर्न र सोबारे सञ्चालक समितिलाई समेत अवगत गराउन उनले अनुरोध गरेका छन्।

उनले पत्रमा भनेका छन्, “सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।”

डा. कोइरालाले केन्द्रमा कार्यरत नरहे पनि यसको प्रगति तथा श्री गगन थापा, श्री प्रदीप पौडेल, केन्द्रका अधिकारी तथा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई ‘मुटुबाट बिस्तार गरी’ यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले यस्ता हरेक कार्यमा सल्लाह–सुझावका लागि आफू सधैं उपलब्ध रहने प्रतिबद्धता पनि जनाएका छन्।

२५ वर्षको सेवाकाललाई स्मरण गर्दै उनले केन्द्रमा बिताएको समय र प्राप्त सद्भावको सदा सम्झना रहने उल्लेख गरेका छन्।

डा. कोइरालाले आफ्नो राजीनामा सार्वजनिक गर्दै ‘एक्स’ मा भावुक अभिव्यक्ति पनि लेखेका छन् – “र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।”

उनको राजीनामासँगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वरिष्ठ नेतृत्व पद रिक्त भएको छ, जसको व्यवस्थापनबारे अब कार्यकारी समितिले निर्णय गर्नेछ।