२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो-‘रामहरि खतिवडाको राजीनामा स्वभाविक’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा स्वभाविक भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानबिन समितिले सभापतिलाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाको राजीनामा स्वभाविक भएको बताए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा स्वभाविक हो । समिति सचिवको सन्दर्भमा उक्त समितिबाट अन्यत्र सरुवा गर्ने कुरा नै होला,’ उनले भने, ‘सोही समितिमा बसेर कार्यसम्पादन गर्ने कुरा र निरन्तरता दिने कुरा नहोला । यो एउटा विधायिकी कामका सन्दर्भमा शिक्षा लिने कुरा पनि हो जस्तो लाग्छ मलाई ।’

कानून निर्माण भएको त्रुटिका आधारमा राजीनामा दिने कुरालाई अन्यथा लिन नहुने उनको तर्क छ ।

प्रमुख सचेतक बर्तौलाले समिति सचिवले समेत अब सोही समितिमा बसेर काम गर्न नसक्ने बताए । कानून निर्माण प्रक्रियाबारे कर्मचारीहरूमा ज्ञानको कमी भएको कारण समय समयमा प्रश्न उठ्ने गरेको पनि बताए ।

‘कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो हो । तर विधायिकी काम गर्नको लागि विज्ञसहितको कानून महाशाखा नै छैन । कानून मन्त्रालयबाट आएका कामकाज कर्मचारी मात्र रहनु भएको छ । कानून निर्माणमा उहाँहरूको भूमिका छन्,’ उनले भने, ‘संसदीय समितिमा कार्यरत कर्मचारीहरूमा पनि विधेयक लेखनको अनुभव छैन । ज्ञान छैन । त्यसैले अगामी दिनमा विधायिकी काम कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्नुपर्छ ।’

कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबाट शिक्षा लिएर अगामी दिनमा कानून निर्माण गर्दा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।