२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली कारागार घटनाबारे गृहमन्त्री लेखक र मुख्यमन्त्री शाहबीच छलफल

अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ। 

काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना र सुरक्षा सवाल लगायतको विषयमा छलफल गरेका हुन्। 

छलफलको क्रममा गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएको बताएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए

शुक्रबार मध्यराति कारागारको ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि रड, जिमखानाको सामग्री, ढुङ्गाले अन्धाधुन्ध आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको छ। हिंसात्मक झडपमा परेर ४७ जना कैदी घाइते भएका छन्। 

जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीरमध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

घटना पश्चात् कैलाली कारागारलाई कैदीले नियन्त्रणमा लिएका छन्। उनीहरूले मूल गेटमा ताल्चा लगाइ ग्यास सिलिन्डर तेर्स्याएको जनाइएको छ। कारागारभित्र कोही पस्ने प्रयास गरे सिलिन्डर पड्काए आगो लगाउने उनीहरूको चेतावनीका कारण सुरक्षा निकायसमेत कारागारमा प्रवेश गर्न सकेको छैन।