२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सापकोटाले भने-‘कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।

मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ ।

सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटिका रूपमा लिएको बताए ।

समिति सभापति र सचिवले नियतजन्य रूपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय रहेको बताए ।

‘हामीले गम्भीर त्रुटि भनेका छौँ, यसलाई मानवीय त्रुटिका रूपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रूपमा जानाजान नै छेडखानी गरिएको छ,’सापकोटाले भने ।

कानुनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

‘कानुनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवैले यसको जिम्मेवारी लिनुपर्छ । नैतिक रूपमै स्विकार्नुपर्छ । नैतिकता भनेको आफ्नो सभापतिको स्पष्ट जिम्मेवारी पूरा गर्न नसकेपछि के गर्ने भन्ने स्पष्ट छ,’ उनले भने ।