२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सब-इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

अख्तियारले सोमबार कृषि ज्ञान केन्द्र, डडेल्धुराका सब-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बि.क. उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको हो । बि.क.ले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी नियुक्ति लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाकारी दिए ।

उनले सब-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी सब-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए ।

उनका अनुसार निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा उनलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानासहित माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।