कर्मचारी निलम्बन गर्ने बालेनको निर्णय रोक्न अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी निलम्बन गर्ने बालेनको निर्णय रोक्न अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार 


२ माघ २०८०, मंगलबार


काठमाडौँ । उच्च अदालत पाटन इजलासले काठमाडौँ महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्न भूमिका खेलेको भन्दै मेयर बालेन साहको निर्देशनमा निलम्बन भएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले निलम्बन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।

२९ पुसमा उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

महानगरपालिकाका तर्फबाट उक्त रिटमा बहस गरेका वरिष्ठ अधिवक्ता महेश नेपालका अनुसार छानबिन समितिलाई समेत चुनौती दिँदै पौडेलले अदालतमा रिट दायर गरेका थिए ।

१६ पुसमा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तीन कर्मचारी निलम्बन भएका थिए ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी अहिलेसम्म निलम्बनमा छन् ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमेत यो प्रकरणमा जोडिएको आरोप लागेपछि उनी अहिले बिदामा बसेका छन् ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको गाडी खोसियो 

Tags :
प्रतिक्रिया दिनुहोस