काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि छानबिन सुरु गरेको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै महानगरपालिकाका मेयर बालेन साहले छानबिन सुरु गरेका हुन् ।

छानबिन अघि बढ्ने भएपछि शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएको मेयरको सचिवालय स्रोतले जानकारी दियो । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत समेत यो प्रकरणमा जोडिएपछि मेयर शाह आफैँले छानबिन थालेका हुन् । कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशङ्का छ । कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन सुरु भएको स्रोतले जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस