‘प्रचण्ड’को नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’को नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति


२८ पुस २०८०, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाइएको पनि उनले बताए । यस्तै आजकै बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । अध्यक्ष ‘प्रचण्ड’ले प्रदेश इन्चार्जहरूको रिपोटको संसलेषण गरेको उनले बताए । 

यस्तै आजकै बैठकमा फागुन एक गतेदेखि तीन गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस