इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२ पुस २०८०, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस-रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा पक्राउ परेकी चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को कार्यालय नयाँ नैकापमा कार्यरत पन्तविरुद्ध मुद्दा दायर गरिएको हो ।

सब-इन्जिनियर पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग दिएको घुस-रिसवतसहित टंगालबाट खटी गएको टोलीले नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित समाचार : घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस-रिसवत माग गरी पच्चीस हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।

सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुन मागवादी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस