घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सब-इन्जिनियर पन्तलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । 

पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटी गएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

पन्तलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सतुङ्गलबाट आज नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

पन्तमाथि थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस