बालेनले हटाए ‘सिंहदरवारमा आगो लगाइदिने’ स्टाटस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बालेनले हटाए ‘सिंहदरवारमा आगो लगाइदिने’ स्टाटस


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरवारमा आगो लगाइदिने भनेर राखेको स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन्।

मेयर शाहले सोमवार सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन्। उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन।

शनिबार बेलुका शाहले  ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भन्दै स्टाटस लेखेका थिए।

उनकी श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरी रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए।

सम्बन्धित समाचार : पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरवार जलाइदिने बालेनको धम्की

सम्बन्धित समाचार : ‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन 

Tags :
प्रतिक्रिया दिनुहोस