पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरवार जलाइदिने बालेनको धम्की « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरवार जलाइदिने बालेनको धम्की


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले शनिवार साँझ दिएको सिंहदरवार जलाइदिने धम्की पत्नी सवार महानगरको गाडी ट्राफिकले रोक्नु रहेको बुझिएको छ । बालकुमारीबाट कोटेश्वरतर्फ रफ्तारमा कुदेको सेतो नम्बर प्लेटको सवारी ट्राफिक प्रहरीले रोकेको झोकमा उनले सो स्ट्याटस लेखेको बुझिएको छ ।

स्रोतका अनुसार गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र र शनिवार चलाउन प्रशासनको पत्र चाहिने बताएपछि चालकले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताएका थिए । दुई देखि तीन मिनेट रोकिएको गाडी शनिवार नचलाउन भन्दै प्रहरीले छोडेको थियो । त्यसको केही मिनेटपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेका थिए ।

सम्बन्धित समाचार : ‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन 

Tags :
प्रतिक्रिया दिनुहोस