काठमाडौँ । जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङविरुद्ध कानुन व्यवसायी अमिर लामिछानेले गरेको अभद्र व्यवहारप्रति अदालतका कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
बुधबार अदालतको फाँटमा काम गर्ने तामाङमाथि लामिछानेले हातपात गरेका थिए ।
सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ
लामिछानेले इजलासबाट भएको आदेश हेर्नका लागि भन्दै फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नायब सुब्बा तामाङले फाइल दिन मानिनन् ।
उनले प्रक्रिया पुर्याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले हातपात गरेको पीडितको दाबी छ ।
घटनापछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
शुक्रबार जिल्ला अदालतका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् ।