ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ


१४ असार २०८०, बिहिबार


काठमाडौँ। एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेको छन् ।

बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने अधिवक्ता अमिर लामिछानेले पक्राउ परेका हुन ।

पीडित कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएपछि बुधबार नै अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले प्रशासनलाई बताए ।

लामिछानेमाथि थुनामा राखेर अनुसन्धान भइरहेको शाहले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार कार्यालय समय भित्र अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका हुन । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिने विषयमा महिला कर्मचारी तामाङमाथि हातपात भएको उपरीक्षक शाहको भनाई छ ।

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट नायब सुब्बा तामाङको भित्री मुखमा चोट देखिएको छ । तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस