शाहले आजै कोटेश्वरको फुटपाथ र पार्किङ अनुगमन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शाहले आजै कोटेश्वरको फुटपाथ र पार्किङ अनुगमन गर्ने


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमन गर्ने भएका छन् ।

बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएको छ ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर चलाएको छ ।

बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार: जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन

सम्बन्धित समाचार: न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर

सम्बन्धित समाचार: महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना

Tags :
प्रतिक्रिया दिनुहोस