जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् ।

बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् ।

अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै छ । अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

सम्बन्धित समाचार : महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना

सम्बन्धित समाचार : न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर

Tags :
प्रतिक्रिया दिनुहोस