सरुवाको पत्र काटेको महिना दिन भइसक्दासमेत कार्यालयमा पुगेनन् कर्मचारी  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरुवाको पत्र काटेको महिना दिन भइसक्दासमेत कार्यालयमा पुगेनन् कर्मचारी 


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । कर्मचारी सरुवा भएको पत्रसम्म भेटाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले महिना दिन भईसक्दासमेत अझै कर्मचारी देख्न सकेको छैन ।

इजीपी सिस्टम सञ्चालनकै जिम्मेवारी बोकेको कार्यालयमा चार जना कम्प्युटर अपरेटरको दरबन्दीमा एक जना अधिकृत मात्रै रहेको भन्दै सचिव मधुसूदन बुर्लाकोटीले सार्वजनिक रूपमै टिप्पणी गरेको टिप्पणी प्रशासन डटकममा प्रकाशन भएसँगै दुई इन्जिनियरसहित एक अधिकृतको सरुवा भए पनि अझै हाजिर नभएका हुन् । 

सम्बन्धित समाचार : कर्मचारी नदिएको भन्दै अर्थ र सामान्यलाई सचिव बुर्लाकोटीको गुनासो  

सचिव बुर्लाकोटीको टिप्पणीपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विविध सेवाका कम्प्युटर इन्जिनियर द्वय सतिश सुबेदी र कृष्ण शर्मा सुतिहार तथा कम्प्युटर अधिकृतमा दीपेन्द्र साहलाई अनुगमन कार्यालयमा सरुवा गरेको थियो । उनीहरू तीनै जनालाई असार ३० गते सरुवाको पत्र काटिएको थियो ।

सम्बन्धित समाचार : सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी 

कार्यालयका सचिव बुर्लाकोटीले सरुवा भएको पत्र पाएपछि कर्मचारी हाजिर हुन नआएको बताए । ‘अहिले सम्म कोही हाजिर हुन आएका छैनन्’ सचिव बुर्लाकोटीले भने, ‘कहिले आउँछन् या आउँदैनन् भन्ने कुरा त कि पठाउनेलाई थाहा होला, कि आउनेलाई थाहा होला’ 

‘साँच्चिकै होकि ख्याल ख्याल हो, बुझ्न सकिएन’ उनले भने । 

पछिल्लो समय कर्मचारीमा अराजकताले हद नाघ्दै गएको छ । नियमित प्रक्रियामासमेत राजनीति प्रवेश गराइएसँगै विद्यमान नियम कानूननै लत्त्याइँदै छ भने बाटैबाट पत्र परिवर्तन हुने तथा सक्नेले जे गरेपछि स्वीकार्यताको अवस्था सिर्जना गरिएको छ । जसले बचेखुचेको कर्मचारीको साख गिराउने र त्यसको भागीदार सिङ्गो कर्मचारीतन्त्र नै हुने पक्का छ । 

Tags :
प्रतिक्रिया दिनुहोस