सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी 


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारी पाएको छ । कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै नपाएको गुनासोपछि तत्काल तीन जना कर्मचारी पठाइएको छ । 

मन्त्रालयले विविध सेवाका कम्प्युटर इन्जिनियर द्वय सतिश सुबेदी र कृष्ण शर्मा सुतिहार र कम्प्युटर अधिकृत दीपेन्द्र साहलाई अनुगमन कार्यालयमा सरुवा गरेको हो । 

‘अर्थमा बजेट माग्दा सबै पैसा निकालेर बाउको लँगौटी, आमा र बुढीको धोती र बच्चाको नाना किन्ला जस्तो गर्छन्’ सचिव बुर्लाकोटीले लेखेका थिए ‘सामान्यमा कर्मचारी माग्यो घरमा लगेर काम लगाउँछन् जस्तो गर्छन्।’ उनको यो भनाइलाई लिएर प्रशासन डटकमले समाचार प्रकाशन गरेसँगै कर्मचारी वृत्तमा केही तरङ्ग पैदा भएको थियो । 

सम्बन्धित समाचार : कर्मचारी नदिएको भन्दै अर्थ र सामान्यलाई सचिव बुर्लाकोटीको गुनासो 

कर्मचारी चाहियो भनेर पनि मार्क जुगरवर्गको फेसबुक नै गुहार्नु र पत्रिकामै समाचार लेख्नु पर्ने आएछ भन्दै कतिपय कर्मचारीले व्यङ्ग्यसमेत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस