सार्वजनिक कार्यक्रममै जान छोडे गभर्नर अधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक कार्यक्रममै जान छोडे गभर्नर अधिकारी


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् ।

बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरूमा उनले उपस्थित नहुने जानकारी गराएका छन् । तर कारणबारे भने उनले नखुलाएको आयोजकहरूले बताएका छन् ।

बुधबार चार्टर एकाउन्टेन्टहरूको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।

बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने जानकारी उनले आयोजकलाई गराएका छन् । गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस