मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ : गभर्नर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ : गभर्नर


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका छन् ।

आज (सोमबार) संसदको अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीको भनाइ अनुसार फेरि ब्याजदर वृद्धि हुने सङ्केत गरेका छन् । ब्याजदर वृद्धि गर्नुको विकल्प नै नभएको समेत उनले बताए ।

अर्थ समितिले मौद्रिक नीतिको छलफलका लागि गभर्नरलाई बोलाएको थियो । गभर्नरले भने, ‘कोरोनापछि प्रायः सबै देशमा मूल्य वृद्धि भएको छ । ती देशहरुको मौद्रिक उपायहरुमा ब्याजदर वृद्धि नै परेको छ । नेपालमा पनि अझ जेठ महिनामा मूल्य वृद्धि माथि जाने अनुमान छ । मूल्य वृद्धि रोक्नका लागि नै मौद्रिक नीति आउने हो । हामी पनि ब्याजदर वृद्धि गर्नै पर्ने अवस्थामा रहेका छौँ ।’ १० महिनाको समयमा २.४७ अर्बले विदेशी संचिति घटेको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस