बालेनले भेटेर सुनाए बाबुरामलाई महानगरका योजना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालेनले भेटेर सुनाए बाबुरामलाई महानगरका योजना


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

भट्टराई निवासमा पुगेका बालेनले काठमाडौँको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।

उनले काठमाडौँमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

काठमाडौँको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

भट्टराई काठमाडौँ देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस