बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे राजीनामा दिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे राजीनामा दिँदै


१८ असार २०७९, शनिबार


काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । 

सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो ।  

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । 

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस